आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बेल्जियम स्थानीय सरकारमा कास्कीका प्रज्ञा र स्याङ्जाका सूर्यको जित

बेल्जियम स्थानीय सरकारमा कास्कीका प्रज्ञा र स्याङ्जाका सूर्यको जित


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८१, सोमबार

बेल्जियम/ बेल्जियममा सम्पन्न स्थानीय निकायको निर्वाचनमा दुई नेपालीमूलका उम्मेदवारले नयाँ इतिहास रच्दै निर्वाचित भएका छन्। बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलाङ मार्दै तीन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन् ।

दोस्रो पुस्ताको सानदार आगमनसँगै भबिष्यको राजनीतिक बाटो उज्ज्वल बनेको छ । स्वायत्त र भाषिक आधारमा तीन प्रान्त रहेको संघीय र राजतन्त्रात्मक मुलुक, युरोपको राजधानीको रूपमा समेत परिचित बेल्जियमको आज सम्पन्न स्थानीय निकायको निर्वाचनमा निर्वाचन अन्तर्गत ब्रुगे नगरपालिकाको सदस्यमा नेपाली दोस्रो पुस्ताकी प्रज्ञा तिमील्सिना र लुभेन नगरपालिका सदस्यमा पहिलो पुस्ताका सूर्य ढकाल निर्वाचित भए ।

निर्वाचनमा अन्य नगरपालिका र अन्य क्षेत्रमा ११ नेपाली पनि उम्मेदवार बनेको भए पनि तिमिल्सिना ७८८ र ढकालले १०७४ मत प्राप्त गरी निर्वाचित भएका थिए। ब्रुगे नगरपालिकाको सदस्यमा निर्बाचित तिमिल्सिना सानो उमेरमा राजनीतिमा प्रवेश गरेकी छ्न्। उनि सबैभन्दा कम उमेरमा उक्त नगरको सदस्यमा निर्बाचित भएकी हुन ।

कास्कीमा जन्मिएकी सबैभन्दा कान्छी सदस्यको रुपमा निर्बाचित २५ बर्षीया प्रज्ञाले निर्बाचनमा सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेकी छन् ।

बेल्जियमको स्थानीय निर्वाचन यस पटक करिब पैतालिस प्रतिशतको हाराहारीमा मात्र मत खसेको थियो। गत निर्बाचनमा ६० प्रतिशत मत खसेको थियो ।

गाउँपालिका नगरपालिका सहित ५८१ स्थानमा भएको निर्बाचनमा सूर्य ढकाल सत्तारुढ पार्टीबाट लुभेन नगरपालिकामा बिजयी बनेका छन् ।

आधिखोला गाउँपालिका,फापरथुम निबुवाबोट स्याङजामा जन्मिएका ढकालले आफू बिजयी बनेपछी भने, “निर्बाचनमा मतदाता र सहयोगी सबैलाई नमन गर्दछु । नेपालीले बेल्जियममा नयाँ इतिहास रच्दै आउने पुस्तालाई बेल्जियमको राजनीतिमा झन ढोका खुला भएको छ ।”

अनुमानित १५ हजार नेपाली बसोबासगर्ने बेल्जियमको लुभेन क्षेत्रबाट कृष्ण सगुन क्षेत्री र ब्रुज क्षेत्रबाट रमेश कडेल जितको नजिक पुगेर पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->