पोखरा /नेपाल प्रिमियर लिग (एनपीएल) का सञ्चालक आमीर अख्तरले नेपाल क्रिकेट संघलाई नामबारे सम्झौता र समन्वयका लागि सात दिनको म्याद दिएका छन् ।
एनपिएलका सञ्चालक आमीरले एनपीएल आफ्नो नाममा रहेको बताउँदै क्यानलाई कानुन विपरित लिग नगराउन ध्यानाकर्षण गराएका छन् ।
आज क्यानलाई पत्र काट्दै आमीरले सात दिनभित्र सम्झौतामा आउन भनेका हुन् । आफ् एकल अधिकारमा रहेको एनपीएल क्यानले गराउछु भन्नु कानुन विपरित रहेको भन्दै उनले ध्यानाकर्षण गराएका छन् । क्यानले खेलाडी अक्सन गरिसकेको अवस्थामा एनपीएलबारेमा विवाद आएको हो । नेपाल प्रिमियर लिग सञ्चालन गरेका आमीर अख्तरले सो लिग आफुले कानुनी प्रकृया अनुसार कम्पनी नै रजिष्टार गरेको कारण क्यानले आफ्नो स्विकृत विना नै एनपीएल सञ्चालन गर्छु कानुन विपरित भएको बताएका छन् ।
मंगलबार आमीरले क्यानलाई एनपीएल आयोजनासम्बन्धि ध्यानाकर्षण गराउँदै आफ्नो एकल स्वामित्वमा भएको अधिकारलाई नजर अन्दाज गराउँदै नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएल गराउछु भन्नु कानुन विपरित भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ नेपाल प्रिमियर लिग मेरो एकल स्वामित्वमा भएको अधिकार प्राप्त कम्पनी हो तर सो लाई नजरअन्दाज गर्दै क्यानले एनपीएल गराउछु भनी घोषणा गर्नु कानुन विपरित हो, तथा कानुनको उल्न्घन गर्नु हो’ सोही पत्रको अर्को बुदामा लेखेका छन्, ‘हाल एनपीएन मेरो एकल कम्पनी हो कुनै व्यक्ति तथा संघ संस्थाले उक्त नाम प्रयोग तथा कार्यन्वयनमा ल्याउन पाउने छैन यदि त्यस्तो भएमा नेपालको प्रचलित कानुन बमोजिम न्यायिक निकाय समक्ष न्या माग्न बाध्य हुनेछु ।’
अख्तरले एनपीएल सञ्चालनबारेमा आफु सकरात्मक रहेको र एकल शेयर धनी रहँदा क्यानले आपसी सहमति तथा सम्झौत गरि लिग सञ्चानल गर्न समेत अनुरोध गरेका छन् । आफुसँग सम्झौता समन्वय भएमा मात्रै आफुले एनपीएल कम्पनी प्रचलित कानुन बमोजिम क्यानकै नाममा ट्रान्फर तथा नामसारी गराउन तयार रहेको समेत उल्लेख गरेका छन् । आफुले कम्पनी नामसारी गरेमा मात्रै क्यानले वैधता पाउने उनको पत्रमा उल्लेख छ ।
नेपाली क्रिकेट टोलिका पुर्व क्रिकेटर तथा एभरेष्ट प्रिमियर लिगका सञ्चालक समेत रहेका आमीरले क्यानकै सहमतिमा सन् २०१४ मा धनगढीमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग आयोजना गरेको दाबि गरेका छन् । नेपाल सरकार, उद्योग मन्त्रालय कम्पनी रजिष्टारको कार्यालय, कम्पनी ऐन, २०६३ को दफा ५ को उपदफा (१) बमोजिम दर्ता न. १२११९२÷०७०÷०७१ अनुसार एनपीएल दर्ता गराएको समेत बताएका छन् ।
सात दिनभित्र नामसारी गराउनका लागि उनले क्यान सँगै बोधार्थको रुपमा राष्ट्रिय खेलकुद परिषद्, कम्पनी रजिष्टारको कार्यालयलाई समेत पत्र दिएका छन् । एनपीएलमा हाल ८ फे्रन्चाइज टिम रहेका छन् ।





