पोखरा / आइसिसी यु १९ महिला टि२० विश्वकप एसिया छनोट खेलाका लागि नेपाली यु १९ महिला अन्तिम १८ जनाकाे नाम सार्वजानिक भएको छ । अब बन्द प्रशिक्षणबाट राष्ट्रिय टिम घोषणा गरिनेछ । नेपाल क्रिकेट संघ क्यानले १८ जनाको नाम सार्वजानिक गर्दा चार खेलाडी गण्डकी प्रदेशका रहेका छन् । राष्ट्रिय टिममा कास्कीको एक र तीन जना स्याङ्जाका खेलाडी रहेका छन् ।
अन्तिम १८ मा कास्कीकी रचना चौधरी, स्याङ्जाकी ज्योत्सनिका मरासिनी, सिमाना केसी र कुशुम गोदर रहेका छन् । आजबाट भैरहवामा बन्द प्रशिक्षण सुरु भएको छ ।
टिमको अन्य सदस्यमा सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, रन्जु श्रेष्ठ, किरण कुमारी कुँवर, तृषना विक, रिया शर्मा, अलिसा कुमारी यादव, भवानी कामती, पुजा महतो र आस्मा पुलामी मगर रहेकी छन् । नेपालले छनोट खेल कुवेत, युएई र थाइल्याण्ड सँग खेल्नेछ । विश्वकप छनोट खेल युएईमा कार्तिक २१ गतेबाट हुनेछ ।





