मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

धौलागिरी अस्पतालमा भद्रगोल, स्वास्थ्यकर्मीले नै मागे सुरक्षा

धौलागिरी अस्पतालमा भद्रगोल, स्वास्थ्यकर्मीले नै मागे सुरक्षा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८१, बिहिबार

बागलुङ / स्वास्थ्य क्षेत्र मानविय संवेदनाको हिसावले महत्वपूर्ण छ । तर पछिल्लो समय धौलागिरी अस्पतालले दिने सेवा प्रवाहमा ब्यापक समस्या छ । अस्पताल पुग्ने जो कोही पनि त्यहाँबाट प्रवाह हुने सेवाबाट सन्तुष्ट हुन सकिरहेका छैनन् । अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिका विचमा भइरहेको खटपट आज आएर स्वास्थ्यकर्मी विचमा नै छताछुल्ल भएर बाहिर आएको छ । विहिवार त उनीहरुले स्वास्थ्यकर्मीबाट स्वास्थ्यकर्मी नै असुरक्षित भएको भन्दै सेवा प्रवाह नै ठप्प पार्ने चेतावनी दिएका छन् ।

अस्पतालका प्रमुख मेसु डा. रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिबीच खटपट भइरहेको समयमा स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीबाटै असुरक्षाको भएको भनेपछि स्थिति गम्भीर बनेको छ । अस्पतालमा कार्यरत कर्मचारीले विहिवार अस्पताल व्यवस्थापन समिति र मेसुलाई ध्यानाकर्षण वत्र बुझाउदै आफ्ना माग पुरा नभए अत्यावश्यक बाहेकका सवै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । उनीहरुले अतिरिक्त समयमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीलाई थप सेवा दिन नसक्ने बरु उल्टै डाक्टरले नै धम्की दिने कार्य गलत भएको उनीहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । उनीहरुले धम्की दिने डाक्टर नन्दन प्रसाद शाहलाई कारवार्ही गर्न माग गर्दै कार्वाही नभए स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

मेसुले खटाएका केही डाक्टरले दशैं विदामा काम नगरेको तथा अतिरिक्त काम गरेका डाक्टरलाई सामाजिक सञ्जाल ग्रुपमा गाली गलौज गरेकाले अन्य स्वास्थ्यकर्मीको समेत सुरक्षामाथी प्रश्न उठेको भन्दै डाक्टर किरण तिवारी सहितका १५ जना चिकित्सक र अन्य स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्न नसक्ने चेतावनी दिएका छन् ।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी साथ दिएका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्य तथा उधोग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलले दशैं विदामा सामाजिक सञ्जाल फेसवुकमा लेख्दै चिकित्सकलाई दशैंमा खटाएर सेवा प्रवाहमा नआएका डाक्टरले उल्टै धम्की दिएको विषय उल्लेख गरेका थिए । कँडेलको स्टाटसले मेसुको संरक्षणमा डाक्टर नन्दन प्रसाद शाह डिउटीमा नआउने तथा अन्य चिकित्सकलाई धम्काउने गरेको आशय थियो ।

कँडेलले मेसुको कामप्रति पटक–पटक प्रश्न उठाउदै आएको र उनका कारण अस्पतालका डाक्टरहरुले क्रमश अस्पतालको सेवा छोड्दै जान थालेको बताए । मेसुले गल्ती गर्ने डाक्टरलाई कार्वाही नगरी उल्टै संरक्षण गरेको आरोप लगाएका छन् । अस्पताल व्यवस्थापन समितिका सदस्यहरुले मेसुको कार्यशैलीमा प्रश्न उठाउदै आएका छन् ।

अधिवक्ता राम शर्माले विहिवार नै सामाजिक सञ्जाल फेसवुकमा अस्पतालको वारेमा अब त अति भएन र भन्दै लेखेका छन् :
धवलागीरि अस्पतालका मेसु :
१, आज डाक्टरले पोस्टमार्टम गर्न मानेनन किन ?
२, एउटा डाक्टरले अर्को डाक्टरलाई निधारमा गोलिको टिका लगाईदिन्छु भन्दै धम्काउछ तर तिमि उसैलाई समरक्षण गर्छौ किन ?
३, तिमि हाकिम भएको अस्पतालमा इमर्जेन्सिमा कुनै डाक्टर बस्न मान्दैनन कमजोरी कस्को ?
४, कि तिमि मोर्चा बन्दी गरेर अस्पताल राम्रो सङ्ग चलाउ, होइन मोर्चा बन्दी गर्नेलाई अवसर देउ बिरामिको स्वास्थ्यमाथि लापर्बाही नगर । ब्यवस्थापन समिति आफ्नालार्इ जागीर र भत्ता खान जानु भएको हो कि रमिता हेर्न अब त अति नै भएन र ?

धाक धम्की दिने चिकित्सकलाई कार्वाही नभए जिल्ला प्रशासनमा सुरक्षाको समेत माग गर्ने आन्दोलनको तयारीमा उत्रेका चिकित्सक तथा कर्मचारीहरुले निर्णय गरेका छन् ।

आफुहरुले गर्ने डिउटीमा डाक्टर डाक्टर बीच भनाभन भएको प्रमुख मेसु डा.रवि रन्जन प्रधानले बताए । उनले गल्ती गर्ने चिकित्सकलाई कार्वाहीको लागि प्रकृया थालेको जानकारी समेत दिए । आरोपित डाक्टर नन्दन प्रसाद शाहले राजिनामा बुझाएकाले डिजिटल हाजिरबाट समेट रेकर्ड हटाइएको मेसुको भनाई छ ।

हेर्नुहोस ध्यानाकर्षण पत्र:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->