आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

फेवातालमा अलपत्र दुई जनालाई सशस्त्र प्रहरीले गर्यो उद्धार

फेवातालमा अलपत्र दुई जनालाई सशस्त्र प्रहरीले गर्यो उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८१, शुक्रबार

पोखरा / अचानक आएको हावाहुरीका कारण फेवातालमा अलपत्र परेका दुई जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । फेवातालमा विहिबार अपरान्ह अचानक आएको हावाहुरीका कारण वीच तालमा काठको डुङ्गामा अड्किएका रुपन्देही देवदह न।पा।११ घर भई काठमाण्डौ तोखार न।पा। बस्ने वर्ष २२ का मनिष विश्वकर्मा र रूपन्देही देवीनगर न।पा।११ बुटवल बस्ने वर्ष २२ की प्रिति सुनारलाई सशस्त्र प्रहरी बल नं।२४ कालिका गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको विषेश उद्धारकहरुले सकुशल उद्धार गरेका हुन् ।

काठको डुङ्गा भाडामा लिई फेवातालमा सवार गरेका दुई जनालाई अचानक आएको हावाहुरीमा परी वीच तालमा अतालिएको र उद्धारका लागि चिच्याई रहेको अवस्थामा उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले बताए। एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरीको बिशेष बिपद् व्यवस्थापन टोलीले उक्त घटना देख्ने वित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको शर्माले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->