पोखरा / नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको र अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आजै बेलुका त्यसतर्फ जाने बताएको छ ।
नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच कात्तिक ९ देखि १९ गतेसम्म त्रिकोणात्मक सिरिज हुनेछ । यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । जसका कारण उनले अमेरिकामा भएको टि ट्वान्टी विश्व कपको खेल गुमाएका थिए ।
केहि दिन अघि महान्यायाधिवक्ता कार्यालयले सन्दीप विरूद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको थियो।





