आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

खेलकुदवाट पर्यटनमा टेवा पुग्छः मन्त्री बिन्दुकुमार थापा

खेलकुदवाट पर्यटनमा टेवा पुग्छः मन्त्री बिन्दुकुमार थापा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०८१, शनिबार

नवलपुर / गण्डकी प्रदेशका सामाजिक बिकास तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले कोल्हुवामा जारी ७ औ अन्तराष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटवल प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताएका छन ।

गैडा संरक्षणवाट अन्तरिक तथा बाहय पर्यटन बढेको र संरक्षणका लागि नै यो प्रतियोगिता संचालन गरिदै आएकोले यस्को ठुलो महत्व रहेको मन्त्री थापाले बताए । यहाँँ हरेक वर्ष हुदै आएको राइनो कप फुटवललाई हरतरहले सहयोग गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री थापाले बताए ।

यस्तै, उद्धाटन कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा र महेन्द्रध्वज जिसिले राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता नवलपुर र गण्डकी प्रदेशको मात्र नभई राष्ट्रकै गहना भएको बताए ।

वन र वन्यजन्तु संरक्षणका लागि चेतना फैलाउन प्रतियोगिता आयोजना गरिएको र यस्तो प्रतियोगिताले एकसिङ्गे गैडा संरक्षणको साथै सचेतना फैलाउन सहयोग पुग्ने उनीहरुको भनाई थियो । कार्यक्रम मध्यविन्दु नगरपालिका नगर प्रमुखले गत असोज १०(१२ सम्म आएको अविरल बर्षाका कारण नारायणी नदिले बस्तु डुवान तथा कटान गरेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रम जिल्ला समन्वय समिति नवलपुरका संयोजक बाबुराम विश्वकर्मा, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्मा, संरक्षणकर्मि बिष्णु अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए। राईनो क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव वद्रि नेपालले गरेका थिए ।

पूर्वी नवलपरासीको कोल्हुवामा जारी राइनो कप फुटवल प्रतियोगितामा एउटा भारतिय फुटवल टोली सहित १२ टिमको प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल कात्तिक १४ गते हुने सचिव नेपालले बताए । फुटवलको उपाधि बिजाताले नगद रु. ८ लाख र उपबिजेताले रु. ४ लाख पाउने छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->