आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

पोखरा / सहकारी ठगी मुद्दामा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत, कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो। उनका साथमा पार्टीका नेताहरु पनि अदालत प्रबेश गरेका छन । अदालतमा लामिछानेले अदालतको बिश्वासका कारण आफू न्यायिक प्रक्रियामा आएको बताए । उनले ओलि नेतृत्वको सरकार बिरुद्ध उत्रिन आव्हान पनि गरे । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

लामिछानेको मुद्दाको फाइल कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको इजलासमा पेस भएको छ। जिल्ला अदालत कास्कीका श्रेष्तेदार राजन खनालका अनुसार म्याद थपको निर्णय गर्न न्यायाधीश दाहाललाई तोकिएको छ। लामिछानेको मात्र नभई अन्य म्याद थपका फाइलहरू पनि न्यायाधीश दाहालको इजलासमा पेस हुने उनले बताए ।
यसैबीच, लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय सुशील पन्त र नारायण घिमिरेसहित सात जना कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताद्वय पन्त र घिमिरेसहित अधिवक्ताहरु यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, अधिवक्ता कमल पोखरेल, डा. नारायणदत्त कँडेल र लेखनाथ सापकोटाले बहस गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->