आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पानीको फोहोरा र अश्रुग्यासबाट प्रदर्शनकारी घाइते, एक जना पक्राउ

पानीको फोहोरा र अश्रुग्यासबाट प्रदर्शनकारी घाइते, एक जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

पोखरा /  पोखरामा आइतबार रास्वपाले गरेको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्याँस लागेर रास्वपाका एक कार्यकर्ता घाइते भएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका आन्दोलनकारी माथि प्रहरीले पानीको फोका र अश्रुग्यास प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशासन क्षेत्र वरिपरी, कास्की जिल्ला अदालत, सहिदचोक आसपास लगायतका क्षेत्रलाई निषेधित तोकेको छ । रास्वपाले अहिले पनि निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेको छ । उनीहरुलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भइरहेको छ । अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->