शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा लेक लागेर विदेशी पर्यटकको मृत्यु, ३३ जनाको उद्धार

मनाङमा लेक लागेर विदेशी पर्यटकको मृत्यु, ३३ जनाको उद्धार


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

मनाङ / मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ । ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं. एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए। राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए ।

‘लेक लागेर मृत्यु भएको छ भन्ने खबर आइतबार बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो,’ प्रहरी निरीक्षक केसीले भने, ‘सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।’ उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->