पोखरा/ लामो समयदेखि खाली रहेको गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रीमा लमजुङका भेषबहादुर पौडेल नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार विस्तार गर्दै पाण्डेलाई मन्त्रीमा नियुक्त गरेका हुन । योसंगै गण्डकी मन्त्रीपरिषद्ले पूर्णता पाएको छ । पौडेलको आजै साढे ४ बजे सपथको कार्यक्रम राखिएको छ । ।
पार्टीमा शेखर कोइराला समुहका पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । मुख्यमन्त्रीले लामो समयपछि शेखर समुहबाट एकजना भए पनि मन्त्रीमण्डलमा सहभागी गराएका हुन । पौडेल लमजुङबाट प्रत्यक्ष निर्वाचित सांसद हुन । यसअघि लमजुङबाटै निर्वाचित अर्का सांसद डा टकराज गुरुङ आर्थिक मामिला मन्त्री छन् । यसले लमजुङबाट प्रत्यक्ष निर्वाचित दुवै प्रदेश सांसद मन्त्री भएका छन् ।
एमाले सरकारमा सहभागी भएपछि ७ मन्त्रालयलाई फुटाएर ९ बनाइएको थियो । उतिबेला भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई भौतिकबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको थियो । गुरुङले तत्कालै राजीनामा दिएका थिए । साथै मन्त्रालय नै विक्रीमा रहेको भन्ने विवादास्पद अभिव्यक्ति पनि दिएका थिए ।





