नवलपुर / जिल्लाको मध्यविन्दु नगरपालिकामा मृत गैँडा फेला परेको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर १२ मा पोथी गैँडा मृत अवस्थामा फेला परेको हो । अन्दाजी ४ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको र गैँडाको खाग र खुर सुरक्षित रहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले बताए । प्रारम्भिक जानकारी अनुसार गैँडा एक अर्कोसँग जुध्नेक्रममा चोट लागेर मृत्यु भएको अनुमान गरिएको छ । यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको संख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।





