आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

थुनुवा रवि लामिछानेलाई पत्रकारहरूसँग खुल्लमखुल्ला बोल्न दिएकोमा कास्कीका सुरक्षा अधिकारीमाथि निगरानी

थुनुवा रवि लामिछानेलाई पत्रकारहरूसँग खुल्लमखुल्ला बोल्न दिएकोमा कास्कीका सुरक्षा अधिकारीमाथि निगरानी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८१, मंगलबार

पोखरा / पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई आईतवार कास्की जिल्ला अदालत परिसरमा पत्रकारहरूसँग बोल्न दिइएकोमा गृह मन्त्रालयले सिरियस नोट गरेको छ।

एक जना थुनुवालाई पत्रकारहरूसँग खुल्लमखुल्ला बोल्न दिएको भन्दै गृह मन्त्रालयले सिरियस नोट गरेका मन्त्रालयका अधिकारीले बताए । सोही कारण कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र प्रहरी प्रमुख श्यामबाबु ओलियालगायत गृह मन्त्रालयअन्तर्गतका जिल्लाका अधिकारीहरूमाथि कारबाही हुनसक्ने सम्भावना रहेको मन्त्रालयका एक अधिकारीले बताए।

उनले भने, ‘पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री पत्रकारहरूसँग बोल्दा कास्कीका प्रहरी अधिकारीहरू पनि भिडियोमा देखिनु भएको छ। उहाँहरूले खुल्ला रुपमा लामिछानेलाई कुरा राख्न दिनुभएको छ। उहाँहरूले गर्नै नहुने काम गर्नु भएको छ। गृह मन्त्रालय तथा प्रहरी प्रधान कार्यालयले सिरियस नोट गरेको छ।’

उक्त विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भए पनि हालसम्म कुनै कारबाही भने नभएको बताइएको छ। ती अधिकारीले भने, ‘गृह मन्त्रालयको मात्र नभएर प्रधानमन्त्री कार्यालयले गम्भीर रुपमा लिएको भन्ने मैले सूचना पाएको छु। लामिछानेलाई किन बोल्न दिइयो भन्ने प्रश्न गम्भीर रुपमा लिइएको छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई त्यसरी बोल्न दिइएको थिएन। तर, अहिले लामिछानेले खुल्ला आफ्ना धारणा राख्दा गृह मन्त्रालयका अधिकारीहरू पनि छक्क परिरहेका छन।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->