आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अर्जुनको कप्तानीमा गण्डकी यु१९ टिम घोषणा

अर्जुनको कप्तानीमा गण्डकी यु१९ टिम घोषणा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ६ २०८१, मंगलबार

पाेखरा / अर्जुन कुमालको कप्तानीमा गण्डकी प्रदेशको यु१९ टिमको घोषणा गरिएको छ । नेपाल क्रीकेट संघको आयोजनामा बिराटनगरमा हुने वाई–वाई पुरुष यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागी गण्डकी स्टार खेलाडी अर्जुन कु्मालको कप्तानीमा १४ सदस्यीय टोलि को घोषणा गरिएको हो ।

कार्तिक १० गतेबाट सुरु हुने प्रतियोगितामा प्रादेशिक क्रिकेट संघ गण्डकीले अर्जुनसँगै करन पगेनी, सोहेल कुंवर, बंश क्षेत्री, सुदिप अर्याल, नरेश शाह, अस्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्दलाई छनोट गरेको हो ।

त्यसै गरी बैकल्पिक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार रहेका छन् । गण्डकीको पहिलो खेल कार्तिक ११ गते मधेश प्रदेशसँग रहेको छ । रिजन प्रजु मुख्य प्रशिक्षक रहेका छन भने ब्यबस्थापकमा स्याङ्जाका अबिशेक ढकाल रहेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->