आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

साफ : ६–० ले श्रीलंकालाई हराउदै नेपाल विजयी

साफ : ६–० ले श्रीलंकालाई हराउदै नेपाल विजयी


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८१, बिहिबार

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल समूह बी को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलले दुई, सबिता राना मगर, सावित्रा भण्डारी, अमिसा कार्की र रश्मी कुमारी घिसिङले एक-एक गोल गरे ।

जितपछि नेपाल र भुटानले समूह बीमा ३ खेलबाट समान ७ अंक जोडे । तर गोल अन्तरमा नेपाल अघि रह्यो । नेपाल र भुटान दुवैले समान १७ गोल गरे । तर नेपालले कुनै गोल खाएन भने भुटानले एक गोल खाएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा अहिलेसम्म भएको सबै सातवटै संस्करणमा नेपाल सेमिफाइनल पुगेको छ । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ए को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा समूह ए को विजेता बंगालदेश र समूह बी को उपविजेता भुटान भिड्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->