मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

स्वास्थ्यमन्त्री पाठकले गरे धौलागिरी अस्पतालको आकस्मिक अनुगमन

स्वास्थ्यमन्त्री पाठकले गरे धौलागिरी अस्पतालको आकस्मिक अनुगमन


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

बागलुङ / गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले आइतबार धौलागिरी अस्पताल बागलुङको आकस्मिक अनुगमन तथा निरिक्षण गरेका छन् । अस्पताल प्रशासन र स्वास्थ्यकर्मीलाई समेत जानकारी नगराई आकस्मिक रुपमा अस्पताल पुगेका स्वास्यमन्त्री पाठकले विभिन्न विभाग, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कार्य सम्पादनकोअनुगमन गरेका थिए ।

मन्त्री पाठकले बिरामी र बिरामीका कुरुवा भेटेर स्वास्थ्यकर्मी र सेवा प्रवाहबाट सन्तुष्ट भए नभएको बारेमा जिज्ञासा राखेका थिए। अस्पतालको बहिरंग सेवा, आकास्मिक सेवा, अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, प्रस्तुती, सुरक्षित गर्भपत सेवा, सुरक्षित मातृत्व सेवा, दन्त सेवा, फार्मेसी, निशुल्क औषधी लगाएतका सेवाहरुको अनुगमन गरेको मन्त्रीका सचिवालयका सदस्य शिव शर्माले बताए ।

डिउटी तोकिएका कर्मचारी खटिए नखटिएको, स्वास्थ्यकर्मीले विरामीसँग गर्ने व्यवहार, फार्मेसीमा औषधीको व्यवस्था भए नभएको विषयमा जिज्ञासा राखेका पाठकसमक्ष अस्पतालमा देखिएका समस्या केही दिनमै समधान हुने अस्पताल प्रशासनले प्रतिवद्धता गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा. रविरंजन प्रधानलाई भेट्न खोजेका स्वास्थ्यमन्त्री पाठकले उनी विदामा रहेको जानकारी पाएपछि प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डाक्टर किरण तिवारीलाई भेटेका थिए ।

सोधपुछका क्रममा मेडिकल सुपरिटेण्डन्ट प्रधान विदामा रहेको विषयमा अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीलाई समेत जानकारी नरहेको पाएपछि स्वास्थ्यमन्त्री पाठकले जिम्मेवार चिकित्सकहरुले विदामा रहँदा अन्य जिम्मेवार व्यक्तिलाई जानकारी गराउँन जरुरी रहेको बताए ।

आकस्मिक अनुगमनपछि मन्त्री पाठकसमक्ष डाक्टर तिवारीले आफुहरुले जनगुनासो कम आउने गरी अस्पतालको सेवा प्रवाह गर्न थप व्यवस्थित काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->