आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगालदेशसँग भिड्ने

भारतलाई हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि बंगालदेशसँग भिड्ने


  • ढोरपाटन संवाददाता
  • कार्तिक ११ २०८१, आइतबार

काठमाडौं / साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको दोस्रो सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।  नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार सफल भयो।
भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके। त्यसअघि निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। नेपालले अब उपाधिका लागि बंगालदेशसँग भिड्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो। यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने भएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->