बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

६ हजार १५५ जना सहकारी बचतकर्ताले पाए पूरै रकम फिर्ता

६ हजार १५५ जना सहकारी बचतकर्ताले पाए पूरै रकम फिर्ता


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८१, मंगलबार

काठमाडौं / हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो ।

यसअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ । कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्या ४३८ छ । उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।

यसैगरी गत आर्थिक वर्ष २०८०/८१ सम्म १ हजार २०० जनाको मागदाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ हरोड ६५ लाख रकम फिर्ता पाएका थिए । यसैगरी चालु आव २०८१/८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको छ ।

आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको संख्या ६ हजार ५९६ पुगेको छ । यी बचतकर्ताको कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ । अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी छ । उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->