आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

तिहारलगतै करारका २८ जना कर्मचारी हटाउने पोखरा महानगरको निर्णय

तिहारलगतै करारका २८ जना कर्मचारी हटाउने पोखरा महानगरको निर्णय

मञ्जुरी भएमा ७ जना कर्मचारीलाई कार्यालय सहयोगी बनाउने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

पोखरा / पोखरा महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । कार्यपालिकाको ३६औं बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो । गत पुस २९ गते बसेको २५औं कार्यपालिका बैठकले करारका कर्मचारी व्यवस्थापनबारे निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने आजको कार्यपालिका बैठकले निर्णय गरेको हो ।

महानगरको २५औं कार्यपालिका बैठकले करारमा रहेका कर्मचारीको ६ महिनाको म्याद थप्ने निर्णय गर्दै लोकसेवाबाट सिफारिस भएर आएपछि करारमा रहेका सेवा अवधिका आधारमा हटाउँदै जाने व्यवस्था मिलाउने निर्णय गरेको थियो । कात्तिक पछि सेवाबाट बिदा हुन लागेका कर्मचारीको म्याद भने असार मसान्तमा नै सकिएको थियो । उनीहरुको करार अवधि कात्तिकसम्ममात्रै थप्ने र त्यसपछि बिदाइ गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

उनीहरुलाई नियमानुसार कात्तिकसम्मको पारिश्रमिक र चाडपर्व खर्चसमेत दिएर बिदाइ गरिने महानगरले बताएकोको छ । त्यस्तै, ५ जना शिक्षिका, २ जना सामाजिक परिचालिका गरी ७ जना कर्मचारीको हकमा भने कार्यालय सहयोगीको जिम्मा दिने भएको छ । कार्यालय सहयोगीको पदमा काम गर्न राजी भएमा ०८१ पुससम्म सेवअवधि थप गर्ने र मञ्जुर नभएमा कात्तिक मसान्तबाटै अवकास दिने महानगरले निर्णय गरेको छ ।

बाँकी रहेका अन्य सेवा करार कर्मचारीको भने ०८१ पुससम्म म्याद थप्ने महानगरले निर्णय गरेको छ । महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आएको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ विपरीत करारमा नियुक्त भएका कर्मचारीका विषयमा महानगरले निर्णय गर्न नसक्दा अहिले यस्ता कर्मचारीले दशैं, तिहारमा तलबसमेत खान पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->