आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हङकङ सिक्सेस: इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित

हङकङ सिक्सेस: इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८१, शुक्रबार

पोखरा / नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ग्ल्यान्डलाई ६ विकेटले हराएको छ। हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले ४ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो।

नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए। उनले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन्।

त्यसैगरी लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा २० रन बनाए। राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा २१ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङग्ल्यान्डले ५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।
इङग्ल्यान्डका लागि कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्काको सहयोगमा ४९ रन जोडे।

स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाए। नेपालका प्रतिश जिसीले २ विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले १र१ विकेट लिए। नेपाल भोलि अस्ट्रेलियासँग भिड्नेछ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->