आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८१, शनिबार

काठमाडौं/हङकङमा जारी २०औँ हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो।

कप्तान सन्दीप जोराको उत्कृष्ट ब्याटिङ र प्रतिश जिसीको सानदार बलिङमा नेपालले अस्ट्रेलियाविरुद्ध सानदार विजय प्राप्त गरेको हो। नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनाउन सक्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। यसअघि नेपालले शुक्रबार इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो। नेपाल पुल ुबीुबाट क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टरफाइनलमा नेपाल आजै श्रीलंकासँग भिड्दै छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->