बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनी–जोमसोम सडक खुल्यो

बेनी–जोमसोम सडक खुल्यो


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८१, मंगलबार

म्याग्दी पहिरो खसेर सोमबार साँझ ६ बजेदेखी अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा खुलेको छ । म्याग्दी प्रहरीका अनुसार रघुगंगा गाउँपालिका– २ बैसरी छेउ सिरुवारी पहिरोमा एकतर्फी र अन्नपूर्ण गाउँपालिका–६ घारको महभीरमा दोहोरो याताताय सञ्चालनमा आएको हो ।

भारी वर्षापछि आएको पहिरो सोमबार राती भएको र पहिरोमा ढुङ्गा झर्न नरोकिएपछि पहिरो पन्छ्याउने काम मंगलबार बिहानदेखि मात्र सुरु भएको थियो । कात्तिक तेस्रो साता वेमौषमी भारी वर्षापछि पहिरो झर्दा सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा आएका हजारौं यात्रु बिच बाटोमा अलपत्र परेका थिए । सोमबार बेनी–जोमसोम सडकको वैसरी र महभीर दुई स्थानमा पहिरो झरेर अवरुद्ध सोझो यातायात अहिले खुलेको छ’ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले भने, ‘हिजो राती भएकोले खुलाउन सकिएन, आजदेखि वैंसरीमा एकतर्फी र महभीरमा दोहोरो यातायात खुलेको छ । बैसरीमा पनि साँझसम्म दोहोरो यातायात सञ्चालन हुनेछ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->