बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुलुकलाई टाट पल्टाउन दिदैनौँ, १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छः ओली

मुलुकलाई टाट पल्टाउन दिदैनौँ, १८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छः ओली


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८१, सोमबार

बिराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र मुलुकलाई टाट पल्टाउन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित होटल हृयारिसनमा आयोजित पत्रकार भेटघाटमा ओलीलाई सञ्चारकर्मीले विद्युत् प्राधिकरणलाई सरकारले दिएको निर्देशन अझै कार्यान्वयन नभएको विषयमा प्रश्न उठाएका थिए ।

जवाफमा ओलीले सरकारले दिएको निर्देशन कार्यान्वयन गरिने बताए । उनले कुनै पनि बहानामा उद्योगधन्दा बन्द हुन दिन नहुने बताए । प्रधानमन्त्री ओलीले एक वर्ष आठ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र उनले निर्वाचन गराउने पनि दोहोर्‍याए ।

अर्को प्रसंगमा ओलीले प्रदेशले अधिकार माग्नेभन्दा पनि विकास निर्माण र सुशासनमा अघि बढ्नुपर्ने जिकिर गरे । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले एसपीपी सम्झौताबारे कुनै कुरा नभएको बताए । यस विषयमा नेकपा (माओवादी केन्द्र)ले लगाएको आरोप सरकारबाट हट्नुपरेको छटपटी भएको ओलीको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->