पोखरा/ हाइकर्स क्लब नेपालको आयोजनामा गत शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा– १३ बयरघारीदेखि पोखरा–२० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ । हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्णकुमारी गुरुङसहितका आमाहरुले फुलमालाले स्वागत गरेका थिए ।
हरेक महिनाको अन्तिम शनिबार स्वास्थ्य र पर्यटनकोलागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्षदेखि नियमित हुदै आएको हाइकिङले ग्रामिण भेगको प्रचारप्रसारमा टेवापुगेको गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले वताए । साथै उनले पर्यटकीय स्थालहरुको प्रवद्र्धनमा हाइकर्स क्लबले राम्रो कार्यहरु गरिरहेकोले आफु पनि आजिवन सदस्य वनेको वताएका थिए ।
हिमालय मावि तथा काफलडाँडा टोलविकास संस्थाका अध्यक्ष हरिप्रसाद गुरुङ, मौजा विकास कोषका अध्यक्ष जुमबहादुर गुरुङले हाईकर्स समुहको टोलीलाई आफ्नो गाउँमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेका वताउँदै आगामि दिनहरुमा पनि स्वागत गर्ने मौका दिन अनुरोध गरेका थिए । हाइकिङमा पहिलो पटक सहभागी होटल व्यवसायी किरण शेरचनले ग्रामिण परिवेशको अध्ययन गर्दै मनोरञ्जनका लिन सकिने साथै स्वास्थ्य प्रतिपनि सचेत भइने वताए । त्यसै गरी पहिलो पटक सहभागि शर्मिला शर्मा र सरिता शर्माले पनि पैदल हिड्दै नयाँ ठाउँ, नयाँ गाउँ घर घुम्नुको छुट्टै आनन्द आएको अनुभव सुनाउदै नियमित हाइकिङमा सहभागि हुने वताए ।
सो अवसरमा क्लबका अध्यक्ष कृष्ण रानाभाट, उपाध्यक्ष ज्योति हमाल, सदस्यहरु तिलक थापा र पितम सेन, ६८ वर्षिय शुशिला रानाभाट, जुना गुरुङ, पुर्व प्रनानि पुष्प कमल श्रेष्ठ, विद्यार्थीहरु, व्यवसायी तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो ।





