बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ दुर्घटनामा बस चालककाे मृत्यु, ३० घाइते (नामावलीसहित)

तनहुँ दुर्घटनामा बस चालककाे मृत्यु, ३० घाइते (नामावलीसहित)


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८१, आइतबार

दमौली/ तनहुँको बन्दिपुर गाउँपालिका– ५ गोरे चौतरा घुम्तीस्थित पृथ्वीराजमार्ग सडक खण्डमा दुईवटा वस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अन्य ३० यात्रु घाइते भएका छन् । तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी अशोक थापाका अनुसार पोखराबाट नेपालगंज जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौ‌बाट पोखरा जाँदै गरेको जी ए ए ००७० नम्बरको बस आइतबार अपरान्ह १५ बजेर ४० मिनेटको समयमा जुध्न पुगेका थिए ।
दुर्घटनामा जीएए ००७० नम्बरको बसका चालक तनहुँको ऋषिङ पाटन घर भई पोखराको चाउथेमा बस्ने ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको हो । उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको डुम्रेस्थित लक्ष्मी र मोती अस्पतालमा उपचार भइरहेको छ । एकजनलाई भने चितवन पठाइएको छ ।
लक्ष्मी अस्पतालमा उपचाररत घाइतेहरु

१) जिल्ला बाके बैजनाथ बस्ने वर्ष २४ की किरण बुढा । आँखा माथी र दुबै खुट्टा कम्मरमा चोट, अवस्था मध्यम
२) जिल्ला बाके कोहलपुर न.पा।.६ बस्ने वर्ष १३ की रिजु बाठा मगर, कम्मरमा चोट, मध्यम
३) जिल्ला बाके बैजनाथ गा.पा. ६ बस्ने वर्ष १५ की ज्ञानु थारु दुबै खुट्टामा चोट, मध्यम
४) जिल्ला बाके बैजनाथ गा.पा ६ बस्ने बर्ष १६ को ललित खत्री बाया हातमा चोट, मध्यम
५) जिल्ला बाके बैजनाथ गापा ६ बस्ने बर्ष की मायास सिंजापती मगर छाती अनुहारमा चोट मध्यम
६) जिल्ला बाके बैजनाथ गापा ६ बस्ने बर्ष माया सिजापतीको छोरी बर्ष ६ की गुरास गर्ती मगर मध्यम
७) जिल्ला बाके बैजनाथ गापा ६ बस्ने बर्ष १८ को निखिलनाथ योगी शरिरमा भित्री चोट, मध्यम
८) भे १ ख ३४८७ न।को बसको बस चालक जिल्ला बाँके कोहलपुर नपा १० बस्ने वर्ष ३७ को किशोरजंग शाही, बाया हात फ्याक्चर,बाया खुट्टामा चोट मध्यम
९) जिल्ला तनहुँ म्याग्दे गापा ३ बस्ने वर्ष ३० को रमेश रानाभाट अनुहार र टाउकोमा चोट मध्यम
१०) जिल्ला तनहुँ म्याग्दे गापा बर्ष ५१ की उजेली रानाभाटको टाउकोमा चोट मध्यम
११) जिल्ला बाके बैजनाथ गापा ६ बस्ने बर्ष १४ की बिद्या पुन मगर, मध्यम
१२) जिल्ला गोरखा गोरखा नपा ८ बस्ने वर्ष २० को बिवेक कडेल आखा माथि चोट,अवस्था मध्यम
१३) जिल्ला भक्तपुर चागुनारायण नपा ५ बस्ने वर्ष ३५ की बविता थापा,अगाडिको तल माथिको दात हल्लिएको । मध्यम
१४) जिल्ला कास्की पोखरा महानगर १० बस्ने वर्ष ४३ की लक्षिन गुरुङ, छाती ठोकिएको, घुँडामा चोट, मध्यम
१५) जिल्ला कास्की पोखरा महानगर १७ बस्ने वर्ष ३६ की दुर्गा रोका मध्यम
मोती अस्पतालमा उपचाररत घाइतेहरु
१) जिल्ला कास्की पोखरा १२ बस्ने वर्ष ४४की बिजुली गुरुङ, दाया खुट्टमा चोट,अवस्था मध्यम
२) जिल्ला कास्की पोखरा १२ बस्ने वर्ष २५ की कमला गुरुङ ओठमा चोट,सामान्य
३) जिल्ला कास्की पोखरा १२ बस्ने बर्ष ३९की बसन्ती गुरुङ,दुबै खुट्टामा चोट,मध्यम,
४) जिल्ला कास्की पोखरा १२ बस्ने बर्ष ४५ की लक्ष्मी गुरुङ मुखमा चोट,मध्यम ,
५) जिल्ला कास्की पोखरा १२ बस्ने बर्ष ४०की गंगा गुरुङ दाया खुट्टामा चोट,सामान्य
६) जिल्ला कास्की पोखरा १२ बस्ने बर्ष ४५ को शिव जोसी छाती चोट सामान्य
७) जिल्ला कास्की पोखरा १७ बस्ने बर्ष ४१ को संजय गुरुङ दातमा चोट,मध्यम
८) जिल्ला कास्की पोखरा १२ बस्ने बर्ष ३७४ की ज्योती गुरुङ निधारमा चोट सामान्य
९) जिल्ला स्याङ्जा फेदीखोला ४ बस्ने वर्ष ५५ की चन्द्र कुमारी गुरुङ,मुखमा चोट,मध्यम
१०) जिल्ला बाँके वर्ष ४४ को शिवलाल न्यौपाने, दुबै खुट्टा र नाकमा चोट मध्यम
११ जिल्ला बाके कोहलपुर ६ बस्ने वर्ष १६ की निर्मला शाही नाकमा चोट सामान्य
१२) जिल्ला बाके कोहलपुर ६ बस्ने वर्ष २१ की बिनिता वि।क।,सामान्य९चोट नभएको०
१३) जिल्ला स्याङ्जा पुतलीवजार १३ बस्ने बर्ष २५ को सुरज तिवारी टाउकोमा चोट,मध्यम
१४) जिल्ला कास्की पोखरा १७ बस्ने बर्ष ४९ की निर्मला भुजेल बाँया खुट्टामा चोट अवस्था सामान्य
चितवन मेडीकल कलेज पठाइएको
१) वतन नखुलेको वर्ष १७। १८ को रियाद केसी, टाउकोमा चोट, सिरियस, मोती मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि चितवन मेडिकल कलेज चितवन पठाईएको ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->