मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा विद्यार्थीलाई सहयोग

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा विद्यार्थीलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • मंसिर ६ २०८१, बिहिबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ को लक्ष्मी नारायण आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा सिमान्तकृत माझी समुदायका बालबालिका २५ जना, दलीत १०, गरिब तथा जेहेन्दार १० जना गरी ४५ जना विद्यार्थीलाई झोला, पोशाक, जुत्तामोजा, कापी कलम प्रदान गरिएको हो । समाजले उनीहरुका लागि अन्जादी एक लाख ५० हजार रुपैयाँ बराबरको सामान प्रदान गरेको विद्यालयका शिक्षक बुद्धि चापागाईले जानकारी दिए । उक्त अवसरमा समाजको प्रतिनिधिको रुपमा उपाध्यक्ष भीम केसीले सहयोग गर्नुको उद्देश्यबारे प्रष्ट्याए । उनले समाजले नेपालका बिपन्न बालबालिकाको शिक्षामा साथ दिने उद्दश्यले सहयोग गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर पौडेलको अध्यक्षता, शिक्षक सूर्यबहादुर ठकुरीको संचालन र शिक्षक बुद्धि चापागाईको स्वागतमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक हेमराज शर्माले विद्यालयको प्रगती प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा वडाध्यक्ष कोपिलामणी शर्मा, समाजसेवी कमल कुमार जिसी र अभिभावक रामकृष्ण पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सामग्री वितरणबाट अभिभावक र बालबालिकालाई पढाइप्रति उत्साह जागेको चापागाईले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->