आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

हाईकर्स फुटसलको उपाधि फ्युचर ब्राइटरलाई

हाईकर्स फुटसलको उपाधि फ्युचर ब्राइटरलाई


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

बागलुङ/हाईकर्स युनाईटेड बागलुङको आयोजनामा भएको दोस्रो अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ ।
विद्यार्थीको खेल प्रतिभालाई उजागर गर्ने र जिल्लाको खेलकुद क्षेत्रको विकासमा सहयोग पु¥याउने उद्देश्यले दुई दिनसम्म संचालन भएको प्रतियोगिताको फाइनलमा बिद्यामन्दिर माविलाई पराजित गर्दै फ्युचरले उपाधी जितको हो ।
फ्युचरले फाइनल खेलमा ४–३ गोलले विद्यामन्दिरलाई पराजित गरेको हो । प्रतियोगितामा बिभिन्न बिद्यालयका गरि १८ टिमको सहभागीता रहेको थियो । बिजेत बनेका फ्युचरले नगद २२ हजार २ सय २२ सहित ट्रफि, मेडेल, र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपबिजेता बनेको बिद्यामन्दिरले नगद ११ हजार १ सय ११ सहित ट्रफि, मेडेल, र प्रमाणपत्र प्राप्त गरेको हाईकर्स युनाईटेड बागलुङका सचिव रोहन जिसीले जानकारी दिए ।
यस्तै अनुशासित टिम, सवोत्कृष्ट खेलाडि, बेष्ट किपर, बेष्ट कोच, र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने उहाँले बताउनुभयो । प्रत्येक खेलको म्यान अफ दि म्याच पनि प्रदान गरिएको क्लवका अध्यक्ष धिरन पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->