बागलुङ/अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।
लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हामी सबैको प्रतिवद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लैङ्गिक हिंसा विरुद्धको अभियानको राष्ट्रिय नारा तय गरेको छ । अन्तर्राष्ट्रिय नारा भने बेइजिङ घोषणपत्र र कार्यान्वयनको ३० वर्षः महिला विरुद्धको हिंसा अन्त्यका लागि एकजुट बनौँ भन्ने रहेको छ ।
यो १६ दिनको अवधिमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस पनि पर्ने भएकोले नेपालमा सरकारी तथा गैर सरकारी संस्थाले विभिन्न कार्यक्रमहरू गरी मनाउने गरेका छन् । प्रहरीको तथ्याङ्क अनुसार, नेपालमा लैङ्गिक हिंसाको रूपमा महिलामाथि हुने घरेलु हिंसा, यौनजन्य हिंसा, आर्थिक तथा राजनीतिक हिंसा मुख्य रहेका छन् ।





