बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सुनको मूल्यमा भारी गिरावट, तोलामा झण्डै १६ हजार घट्यो

सुनको मूल्यमा भारी गिरावट, तोलामा झण्डै १६ हजार घट्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८१, सोमबार

काठमाडौं / नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ । जबकी आइतबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो ।

सरकारले सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटाउने निर्णय गरेसँगै बजारमा भारी गिरावट आएको हो । ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए । जुन निर्णय पुनरावलोकन गरेर आजदेखि कार्यान्वयनमा आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->