बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्याङ्जाका सन्तोषनारायण बने धितोपत्र बोर्डको अध्यक्ष

स्याङ्जाका सन्तोषनारायण बने धितोपत्र बोर्डको अध्यक्ष


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८१, सोमबार

पोखरा / नेपाल धितोपत्र बोर्डको अध्यक्षमा स्याङ्जाका सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । अध्यक्ष सिफारिस समितिले बोर्डकै दुई कार्यकारी निर्देशक नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठसहित उनलाई पनि सिफारिस गरेको थियो ।

तीन जनामध्ये सोमबारको मन्त्रिपरिषद् बैठकले व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो । उनले यसअघि नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समेत रहेर जिम्मेवारी निर्वाह गरेका थिए । स्याङ्जाका स्थायी बासिन्दा श्रेष्ठ विभिन्न वित्तीय संस्थामा सञ्चालक रहेर पनि काम गरेका छन् । २०८० पुस २० मा तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि बोर्ड नेतृत्वविहीन थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->