पोखरा / पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ । ‘कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको हो,’ उच्च शिक्षा महाशाखा प्रमुख वैकुण्ठप्रसाद अर्यालले भने ।
प्रा.डा. वेदराज केसी, प्रा.डा. दीपकबहादुर भण्डारी, प्रा.डा. ज्ञानेश्वर शर्मा, प्रा.डा. विश्वराज अधिकारी, प्रा.डा. केदारनाथ घिमिरे, प्रा.डा. पुष्पराज शर्मा, प्रा.डा. सरोज कोइराला, प्रा.डा. निर्मला जम्मरकट्टेल, प्रा.डा. विष्णुराज तिवारी, प्रा.डा. बिनय कुमार मिश्र, प्रा.डा. टेकराज ज्ञवाली र प्रा.डा. दीपकराज पौडेलको आवेदन स्वीकृत भएको हो ।
अब १२ जनमाध्येबाट सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गर्नेछ । छनोट सिफारिस समितिले २५ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।
पोखरा विश्वविद्यालयको उपकुलपतिमा २०७७ असोज १४ गते नियुक्त भएका प्रा.डा. प्रेमनारायण अर्यालको ४ वर्षे कार्यकाल सकिएपछि नयाँ उपकुलपति छनोट प्रक्रिया सुरु गरिएको हो ।
उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षा मन्त्रीको अध्यक्षतामा समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सिफारिसमा कुलपति एवम् प्रधानमन्त्रीबाट उपकुलपति नियुक्त हुने व्यवस्था छ ।






