बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

उपचारपछि हिरासतमा नै फिर्ता भए दुर्गा प्रसाईं

उपचारपछि हिरासतमा नै फिर्ता भए दुर्गा प्रसाईं


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार
फाइल तस्विर

काठमाडौं / उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा फिर्ता ल्याइएको छ । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई सोमवार प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर ब्युरोका एक अधिकृतले बताए ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरको बिरामी हुन् । अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । साइबर ब्युरोले उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->