आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

अन्तर विद्यालय भलिबलको उपाधी गुरुकुल र करुणानीधिले जिते

अन्तर विद्यालय भलिबलको उपाधी गुरुकुल र करुणानीधिले जिते


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

पोखरा/पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा छात्र तर्फको उपाधी गुरुकुल विद्या सदन र छात्रा तर्फको उपाधी करुणानीधि एजुकेशन फाउण्डेशन (केफ) माध्यामिक विद्यालयले हात पारेको छ ।
प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउण्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधीसंगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरबिन्द सुनार उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे । दोश्रो स्थानसंगै माउण्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गर्यो भने तेस्रो न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।


त्यसैगरी छात्रातर्फ करुणानीधि एजुुकेशन फाउण्डेशन (केफ)ले शान्ता माबिलाई ३–१ सेटमा पराजित गर्दै उपाधी हात पार्न सफल भयो । उपाधी बिजेता केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा केफकी खेलाडी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार र मेडल प्राप्त गरिन ।
उपबिजेता बनेको शान्ता माबिले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझाउन पर्यो । प्रतियोगितामा तेश्रो स्थान हात पार्न सफल पश्चिमाञ्चल माविले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे । हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगितामा छात्रतर्फ २६ टीम छात्र र १३ टीमको सहभागीता रहेको थियो ।
हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्रतर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माबिका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भएभने छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन ।
छात्र÷छात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->