आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

केन्द्रिय प्रतियोगिता अन्योलमा, पालिकामा धमाधम

केन्द्रिय प्रतियोगिता अन्योलमा, पालिकामा धमाधम


  • विजय नेपाली
  • मंसिर ११ २०८१, मंगलबार

तस्वीरहरु : स्याङ्जा अजुर्नचौपारी गाउँपालिकामा उपाधिका साथ पञ्चकन्या मावि र माछापुच्छे्र गाउँपालिकामा उपाधिको साथमा ज्ञानज्योति बोर्डिङ स्कुल ।
पोखरा/विद्यालय स्तरमा हुने सबैभन्दा ठूलो प्रतियोगिता हो राष्ट्रपति रनिङ शिल्ड । हरेक वर्ष राष्ट्रपति रनिङ शिल्डको आयोजना हुने गर्दछ । तर, यो वर्ष भने नेपाल सरकारले बजेट कटौति ग¥यो । सो प्रतियोगिता न त नीति तथा कार्यक्रममा प¥यो न त बजेटमै । उता राष्ट्रिय खेलकुद परिषद् (राखेप) पछिल्लो समय निश्क्रिय जस्तै भएको छ । राखेपको बोर्ड बैठक नबसेको महिनौ बितिसक्यो । यहि बिचमा कर्णालीमा १० राष्ट्रिय खेलकुद प्रतियोगिता समेत हुने मिति दुई वर्ष अघि घोषणा भएको थियो तर, त्यो मिति नाघि सक्दासमेत राखेपले कुनै निर्णय लिन सकेन । राखेपको यो अवस्थाप्रति यतिबेला प्रदेशहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले (प्रखेप) राष्ट्रपति रनिरनिङ शिल्ड, १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता र कर्मचारीको बारेमा बोर्ड बैठक बोलाउनुपर्ने जोडदार माग गरेको छ । राष्ट्रपति रनिरनिङ शिल्ड लागि बजेट नदिदाँ प्रदेशका खेल गतिविधिमा ठूलो असर परिरहेको प्रखेपले बताइरहँदा गण्डकीकै पालिकाहरुले भने धमाधम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरिरहेका छन् । नवलपुर, कास्की, स्याङ्जा, म्याग्दी लगायतका जिल्लाका पालिकामा प्रतियोगिता आयोजना भइरहेका छन् । कास्कीको माछापुच्छे्र गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरेको छ । यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले समेत सम्पन्न गरिसकेको छ । उता म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आज सम्पन्न गर्दैछ । गत आर्थिक वर्षसम्म हरेक पालिकालाई राखेपबाट एक लाख रुपैयाँ रनिङ शिल्डका लागि जाने गर्दथ्यो । चालु आवमा भने बजेट विनियोजन भएको छैन । सो प्रतियोगिताका लागि सबैभन्दा पहिला राखेपले केन्द्रिय स्तरको प्रतियोगिताको मिति तय गर्नुपर्ने हो । त्यसपछि प्रदेश, जिल्ला र स्थानीय पालिकाले मिति तय गर्नुपर्ने हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० ले समेत केन्द्रिय स्तरको प्रतियोगिताका लागि पालिका, जिल्ला र प्रदेश छनोट खेल हुनुपर्ने स्पष्ट उल्लेख छ । राखेपप्रति सोही प्रतियोगिता लगायत अन्य विषयमा समेत असन्तुष्टि जनाउँदै आएको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले पालिकाहरुले आफु खुसी राष्ट्रपति रनिङशिल्ड आयोजना गरेपनि त्यसलाई सकरात्मक लिनु पर्ने बताए । उनले राखेपले भोलि राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्ने निर्देशिकामा फेरबद गरेको खण्डमा अहिले गरेका प्रतियोगिताको अर्थ हुन नसक्ने स्थित समेत आउन सक्ने भएपनि पालिकाले आफ्नो अधिकारको प्रयोग गरेर प्रतियोगिता आयोजना गरेको बताए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड र नेपाली खेलकुदको कुम्भ मेला १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा छ । राखेपले केन्द्रिय स्तरको प्रतियोगिताको मिति तय गरेको भए बल्ल प्रदेशले आयोजना गर्ने उनी सुनाउछन् । ‘पालिकाका लागि एक लाख र प्रदेशलाई ६५ लाख रुपैयाँ बजेट आउनुपर्ने त्यो आएको छैन । अहिले यो प्रतियोगिता नै अन्योलमा छ । तर, पालिकाहरुले जिल्लाको समन्वयमा प्रतियोगिता आयोजना गर्न पाउछन नपाउने भन्ने होइन भोलि केहि परिवर्तन भएमा यो प्रतियोगिताको उदेश्य खेर जान्छ भन्ने मात्र हो’ उनले भने, ‘पालिकाहरुले एक लाख रुपैयाँ नआउदा पनि सुरु गरे । आफु खुसी गरेपनि हामी सकरात्मक हुनुपर्छ । तर, निर्देशिका परिवर्तन भए अन्योल हुन्छ ।’

स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पञ्चकन्या माध्यामिक विद्यालय दोस्रो पटक च्याम्पियन बनेको छ । २२ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित पञ्चकन्या मावि च्याम्पियन बनेको हो । घण्टे मावि ९ स्वर्ण, ९ रजत र ५ कास्य पदकसहित २३ पदकका साथ दोस्रो स्थानमा रह्यो । अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी ४ स्वर्ण, ७ रजत र ४ कास्य पदक गरि १५ पदक तेस्रो तथा अमरज्योति मावि ४ स्वर्ण, ४ रजत र १० कास्यसहित १८ पदकका साथ चौथो स्थानमा रह्यो । पालिकाभित्रका ३३ विद्यालय सहभागित प्रतियोगिता ६ गतेदेखी ८ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, विभिन्न दुरीमा दौड, रिले दौड, हाइजम्प, लङजम्प, त्रीपलजम्प, छेलो हान्ने, कबड्डी, भाला फाल्ने, डोरी तान्ने र भलिबलको ओयोजना गरिएको थियो । उता माछापुच्छ्रे गाउँपालिकाको आयोजनमा भएको छैटौं राष्ट्रपति रनिङ शिल्डमा लाहाचोकको ज्ञानज्योति बोर्डिङ च्याम्पियन बनेको थियो । १२ विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्यका साथ ज्ञानज्योती च्याम्पियन बनेको हो । ५ स्वर्ण १ रजत र ३ कास्यका साथ माछापुच्छ्रे मावि दोस्रो, ४ स्वर्ण ७ रजत २ कास्यका बराह माविले तेस्रो स्थान हासिल ग¥यो । ६ गतेदेखी ८ गतेसम्म सञ्चालित प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स आयोजना गरिएको थियो । यस्तै म्याग्दीको पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ विद्यालयको सहभागिता छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->