बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एमाले अध्यक्ष ओली र महासचिव पोखरेललाई गाली गरेपछि पार्टीबाट निलम्बित भए सांसद चौधरी

एमाले अध्यक्ष ओली र महासचिव पोखरेललाई गाली गरेपछि पार्टीबाट निलम्बित भए सांसद चौधरी


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

काठमाडौं /  नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो । बाँके-१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पुर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । माओवादीबाट एमाले आएका चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एक पत्र जारी गर्दै पार्टीबाट निलम्बन गरिएकोबारेमा चौधरीलाई जानकारी दिएका छन् । प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेको आरोप एमालेले लगाएको छ । उनले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रुपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको पत्रमा उल्लेख गरिएको छ ।

एमालेले चौधरीसँग स्पष्टीकरण पनि सोधेको थियो। तर चौधरीले कमीकमजोरी स्वीकार्नुको साटो साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको जनाइएको छ । अध्यक्ष ओली, महासचिव पोखरेल र पार्टीविरुद्ध बोल्दा निलम्बनमा परेका चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट २०७९ मा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

‘जिम्मेवार पदमा बसेका नेताले पार्टीलाई हानी नोक्सानी पुर्‍याएमा कारबाही हुने विधानको व्यवस्था छ, त्यसैअनुसार निलम्बन गरिएको हो’ बाँके जिल्ला अध्यक्ष निरक गुरुङले भने । बाँके एमालेको जिल्ला सचिवालय बैठक बसेर चौधरीलाई निलम्बनको निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->