आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा १३ मा इन्ड्युरो रेस शुरु

पोखरा १३ मा इन्ड्युरो रेस शुरु

साहसिक खेलले नयाँ आयाम ल्याउँछ : मन्त्री थापा


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८१, बुधबार

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् ।
पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको ‘इन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता’ को उद्घाटन गर्दै उनले प्रतियोगिता नेपालको खेलकुद क्षेत्र र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माइलस्टोन बन्ने उल्लेख गरे । पोखरालाई खेलकुद र साहसिक पर्यटनको केन्द्र बनाउन प्रतियोगिता निरन्तर भइराख्नुपर्ने धारणा उनको छ ।
प्रतियोगिताले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने र साना व्यवसायलाई टेवा पुग्ने मन्त्री थापाले बताए । ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न र आर्थिक गतिविधि बढाउन यस्ता प्रतियोगिता मार्फत मद्दत पुग्ने उनको विश्वास छ ।
पोखरा लेकसाइडदेखि नजिकै र भौगोलिक बनावट पनि उपयुक्त भएकाले पोखरा १३ मा प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष किरण बरालले जानकारी गराए । समुद्री सतहदेखि १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पु¥याउने उनले बताए ।
प्रतियोगिताका रेस डाइरेक्टर सुनीलचन्द्र शर्माका अनुसार, इलिट जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी मंसिर १२ देखि १४ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->