बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

५५ करोडभन्दा बढी कारोबार गर्ने एक जना पक्राउ

५५ करोडभन्दा बढी कारोबार गर्ने एक जना पक्राउ

७५ बैंक खाता र २८ ईसेवा वालेटमार्फत बेटिङ


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८१, बिहिबार

काठमाडौं / अवैध खेल सट्टेबाजीमा ५५ करोडको कारोबार गरेको फेला परेपछि एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ‘बेटिङ’ कारोबारमा सङ्लग्न पाँचथर घर भई ललितपुर बस्ने सुनिल राईलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनलाई बुधबार सार्वजनिक गरिएको हो । अनुसन्धान गर्दा उनले ७५ वटा बैंक खाता, एक सय २८ वटा ईसेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख कारोबार गरेको फेला परेको पनि आचार्यले जानकारी दिए ।

यस्तै राईले २५ भन्दा बढी जिमेल खोलेको पाइएको तथा अरुको नागरिकता प्रयोग गरी नक्कली खाता खोलेको, हुलियासमेत परिवर्तन गरी अवैध कार्य गर्ने गरेको फेला परेको प्रहरीले आज सार्वजनिक गरेको अनुसन्धान विवरणमा उल्लेख छ ।

राईबाट एनसेल कम्पनीका ७० सिमकार्ड, ११ वटा नागरिकता, १५ थान राहदानी, २२ वटा चेकबुक र ४२ थान एटीएम कार्डसमेत बरामद गरिएका छन् । उनले बेटिङ एप्लिकेशनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेम, जुवा (सट्टाबाजी) गर्ने/गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो करेन्सीलगायत गैरकानुनी कार्य गरेको प्रहरीको निष्कर्ष छ ।

उनीमाथि मुलुकी अपराध संहिताको व्यवस्थाबमोजिम अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->