बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

चीन भ्रमणमा पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे कुरा उठेन !

भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे प्रेसनोट


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । बीआरआई फ्रेमवर्क सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेर आएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले त्यही विषयमा केन्द्रित रहेर जिज्ञासा राखे ।

सो जिज्ञासामा ओलीले ऋणबारे कुनै नभएको बताए । साथै ओलीले भारत भ्रमण र कांग्रेससँगको सत्ता सहकार्यका विषयमा राखिएका जिज्ञासाको पनि जवाफ दिए । तर वहुचर्चित पोखरा अन्तराष्ट्रिय विमानस्थल र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले चीन भ्रमणपूर्व प्रधानमन्त्री ओलीलाई बालुवाटारमा नै भेटेर राखेको विषय प्रदेशको विशिष्टीकृत अस्पतालको वारेमा कुनै कुरा भएन् ।

पत्रकारहरूको जिज्ञासा र प्रधानमन्त्री ओलीको जवाफः

बीआरआई फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गर्नुभयो । यो ऋण हो कि अनुदान  ?

अस्ति मैले आमसभादेखि नै कुनै ऋण लिन हामी जाँदै छैनौं । ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुनै कुरा पनि चलेन । छलफल पनि भएन । हामीले यसपटक बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्‍यौं । हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं, त्यसको कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा ।

अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्‍याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन । ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फैरि ऋणको कुरा कहाँबाट आउँछ रु सधैं ऋण, ऋण, ऋण यो रट किन साह्रै बजिरहेको छ रु होइन भनेर हामीले पटकपटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई ‘क्यारी’ गरेका छन् । ऋणसँग यसले सरोकार राख्दैन । अरु कुराहरू हरेक कार्यान्वयनमा छुट्टाछुट्टै सम्झौताहरू हुन्छन् ।

तपाईंको भ्रमणको दोस्रो दिन ९ बुँदे सहमति भयो । त्यसपछि १० बुँदे सहमति भयो । अब बीआरआईमा चीनले लगानी गर्ने ढोका खुलेको हो ? आगामी दिनमा सहुलियतमा ऋण लिने अथवा अनुदानमा भन्ने विषय अलि कन्फ्युजिङ भयो भनेर आइरहेको छ ?

के कन्फ्युजन भयो रे ?

ऋण, सहुलियत ऋण र अनुदान ?

अघि मैले जवाफ दिइसकें त । स्पष्ट भइसकेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा कस्तो कुराकानी भयो ?

बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो । नेपाल(चीन मित्रताको कुरा भए । मित्रता प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता अरु कसैका विरुद्धमा होइन, हाम्रै पक्षमा मात्र हो भन्ने पनि भयो । यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म धेरै लाभ नेपाललाई पुर्‍याउने भन्ने कुरा पनि भयो ।

चीन भ्रमणअघि तपाईंको कार्यकाल बारे कुरा चलिरहेको थियो । यो भ्रमणपछि तपाईंको कार्यकाल अलि बढी लम्बियो प्रधानमन्त्रीको रूपमा ?

यही प्रश्नको जवाफ कतिपटक दिने रु मैले अब करिब करिब १८ महिनार १७ महिना होला ‘ १८ महिनाजति रहेछ क्यारे, अब मेरो पालो । त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रीमेन्ट छ । चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिश गरौंला । बहुमत आयो भने ‘, आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ । अब के गर्ने ? विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरू होलान् ।

दक्षिणतिरबाट तपाईंलाई उत्तरतिर ढल्कियो भन्ने आरोप लगाइरहेका छन् रु बीआरआई सम्झौतापछि त्यसरी नै कुरा भइरहेको छ दक्षिणतिरबाट । के भन्न चाहनुहुन्छ ?

मैले त्यति थाहा पाएको छैन यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।

दक्षिणतिर भ्रमण कहिले हुन्छ ?

अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा अहिले यहाँ फर्किएकै दिन कसरी टुङ्गो हुन्छ ।

दक्षिणको पहिला भ्रमण गरेर उत्तर जाने परम्परा थियो । तपाईं यसपालि उत्तर जानुभयो । तपाईंले जोखिम मोल्नुभयो भन्ने छ नि ?

आधारहीन र अर्थहीन कुराहरू हुन् यी ।

नेपालमा कतिपय परियोजनाहरू चिनियाँ ठेकेदारले लिएका छन् । तर ती समयमा पूरा भइरहेका छैनन् । जस्तो  (नारायणगढ-बुटवल सडकखण्ड) । यो कुरा तपाईंले भ्रमणको क्रममा चिनियाँ पक्षसँग उठाउनुभयो ?

अहिले पुनः निर्माणकार्य प्रारम्भ भइसकेको छ अथवा केही दिनमा हुन्छ । यो प्रारम्भ गर्ने भन्ने सहमति भइसकेको छ र २०८३ साल मंसिरभित्र यो पूरा हुन्छ । निर्माण कार्य सम्पन्न हुन्छ ।

पोखरा विमानस्थल र विशिष्टीकृत अस्पतालबारे केही कुरा भयो ?

कुरा  उठेन ।

बीआरआई कोअपरेसन अन्तर्गत कस्ता कस्ता परियोजनाहरू पर्छन् ?

अघि सुन्नुभयो होला (प्रेस विज्ञप्ति पढेको बारे संकेत गर्दै) । तिनै परियोजना हुन् । प्रथम प्रश्नकर्ता पनि महिला हुनुभयो र अन्तिम पनि । धन्यवाद ।

प्रधानमन्त्री ओलीले चीन सरकारका तर्फबाट आफ्नो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका राष्ट्रपति र जनतालाई धन्यवाद दिएका छन् ।

चीन भ्रमणबारे प्रधानमन्त्री ओलीको १४ बुँदे प्रेस नोट:     

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->