आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नेपाली खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा

नेपाली खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडीद्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् ।
पोखरा टेनिस सेन्टरमा जारी सर्किट १ को प्रतियोगितामा नेपाली खेलाडीहरुले विजय यात्रा जारी राखे पनि शीर्ष वरीयताप्राप्त खेलाडीहरू आश्चर्यजनक रूपमा पराजित भएका छन् ।
ब्वाइज सिंगल्सतर्फ पाँचौं वरीयताप्राप्त आरभ सम्राट हाडा (नेपाल)ले दोस्रो वरीयता प्राप्त भारय खेलाडी आदित्य मोरलाई रोमाञ्चक तीन सेटको खेल ३–६, ६–४, ६–३ ले पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरे । खेलमा उनको उत्कृष्ट सर्भ र रणनीतिक खेलले आफूलाई अन्तिम चारमा उभ्याए । यता, जारी प्रतियोगितामा जुनियर विश्व शीर्ष वरियताका जापानका रिकु हिगाशीको सेमीफाइनल यात्रा भने समाप्त भएको छ । उनी अष्ट्रेलियाका प्रतिक नविनसँग ६–३, ६–३ को सोझो सेटमा पराजित हुँदै स्तव्ध बने । ब्वाइज सिंगल्सतर्फ आठौं वरियता प्राप्त हैनुओ गुओ (चीन) ले शौर्य सामाला (भारत) लाई ७–५, ६–२ ले तथा सातौं वरीयता प्राप्त आश्रव्य मेहरा (भारत) ले चौथो वरियताप्राप्त ओजस मेहलावत (भारत) लाई ४–६, ६–२, ६–० ले पराजित गरेका छन् ।
सिंगल्स गल्र्सतर्फ छैठौं वरियता प्राप्त सुनिरा थापा (नेपाल)ले तेस्रो वरीयता प्राप्त अरजान खोराकÞीवाला (भारत) लाई ६–१, २–६, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेकी छन् भने शीर्ष वरीयता प्राप्त महिका खन्ना (भारत) ले रीत अरोरा (भारत) लाई टाइब्रेकरमा ७–६(५), ६–७(७), ६–४ ले पराजित गरिन् ।


चौथो वरियताप्राप्त मार्ता चोग्सोमजव (मंगोलिया) ले पाँचौं वरियता प्राप्त दिशा बेहेरा (भारत) लाई ६–४, ६–० ले पराजित गर्दै सेमीफाइनलमा पुगेकी छन् भने शगुन कुमारी (भारत) ले दोस्रो वरीयता प्राप्त सयेटे वराडकर (भारत) लाई ६–०, ६–४ ले पराजित गरिन् । ब्वाइज डबल्सतर्फ सम्पन्न सेमीफाइनलमा शीर्ष वरीयता प्राप्त ओजस मेहलावत र अधिराज ठाकुर (भारत) ले तेस्रो वरीयता प्राप्त प्रबीर मुकेश चावडा (भारत) र रिकु हिगाशी (जापान) लाई ६–४, ६–७(३), ृ१३–११े ले पराजित गर्दै फाइनलमा प्रवेश गरे भने दोस्रो वरीयता प्राप्त आदित्य मोर र प्रकाश सरन (भारत) ले चौथो वरीयता प्राप्त आरव चावला र आश्रव्य मेहरा (भारत) लाई ७–५, ६–३ ले पराजित गरेका छन् ।
गल्र्स सेमीफाइनलमा शीर्ष वरीयता प्राप्त महिका खन्ना र एन्जल पटेल (भारत) ले स्वस्तिका बिष्ट (नेपाल) र अपरा खण्डारे (भारत) लाई ३–६, ६–४, १०–३े ले पराजित गरे भने तेस्रो वरीयता प्राप्त दिशा बेहेरा र अरजान खोराकÞीवाला (भारत) ले दोस्रो वरीयता प्राप्त मार्ता चोग्सोमजव (मंगोलिया) र सयेटे वराडकर (भारत) लाई ७–६(४), ६–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->