मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

कार्बनबाट प्राप्त आम्दानी नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगानी गर्ने निर्णय

कार्बनबाट प्राप्त आम्दानी नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगानी गर्ने निर्णय


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८१, शुक्रबार

काठमाडौं / वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा लगाउने भएको छ । वैकल्पिक ऊर्जा विकास समितिका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको समितिको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।

बैठकले कार्बन आम्दानीलाई घरायसी, सामुदायिक एवम् ठूला बायोग्याँस, सौर्य सिंचाइ, लघु तथा साना जलविद्युत, घरायसी तथा संस्थागत विद्युतीय चुल्हो प्रवर्द्धन तथा नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भार र क्षमता अभिवृद्धिमा लगाउने निर्णय गरेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।

यस्तै बैठकले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यस्थलमा हुने यौनजन्य शोषण, दुरुपयोग र दुर्व्यवहार (निवारण) आचारसंहिता, २०८१ स्वीकृति गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रअन्तर्गत सञ्चालित हरित जलवायु कोषको कार्यक्रमको प्रभाव मूल्यांकन गर्न प्राविधिक सहयोगका लागि हरित जलवायु कोषसँग समझदारीपत्रमा हस्ताक्षर गर्न केन्द्रका कार्यकारी निर्देशकलाई स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

बैठकले सन् २०२५ को जनवरी २६ मा ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने प्रस्ताव स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०२३ देखि उक्त दिवस मनाउने घोषणा गरेको थियो ।

ऊर्जामन्त्री खड्काले घरायसी प्रयोजनमा प्रयोग भइरहेको एलपी ग्याँसलाई विस्थापन गर्न विभिन्न खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि र विद्युतीय चुलोलाई थप प्रभावकारी एवम् व्यापक रुपमा विस्तार गर्ने कार्यक्रम ल्याउन केन्द्रलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->