आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बाङेचौर खेल मैदानमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु

बाङेचौर खेल मैदानमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८१, शनिबार

बागलुङ/नेपाल क्रिकेट संघ बागलुङको आयोजना र बागलुङ नगरपालिका, क्यान नेपाल लगायतका संस्थाको सहयोगमा बागलुङमा दुइ दिने ‘छात्रा क्रिलो उत्सव’ शुरु भएको छ ।
क्रिकेट क्षेत्रमा छात्राहरुको चाहना बढाउने, खेल बारे जानकारी दिने र आवस्यक प्रशिक्षण समेत गराउने गरी उक्त कार्यक्रम आयोजना गरिएको हो । क्रिलो उत्सवमा जिल्लाका दुइ दर्जन विद्यालयका २ सय बढी छात्राहरु सहभागि भएका छन् ।
ती छात्राहरुलाई आवस्यक तालिम दिएपछि भोलीका दिनमा छात्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने, पछिल्लो समय बढीरहेको क्रिकेट मोहलाई थप जागृत गराउने र खेलमा आउन चाहने छात्रालाई व्यवस्थापन गर्ने लक्ष्यले यो उत्सव आयोजना गरिएको नेपाल क्रिकेट संघ, बागलुङका अध्यक्ष बिष्णुप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेल क्षेत्रमा बढ्दो आर्कषणलाई संस्थागत गर्न पहल भएको बताए । उनले नगर क्षेत्रमा हुने खेलमा नगरले पनि आवस्यक सहयोग गर्ने भन्दै राज्यले पनि खेलमा लगानी बढाउन सकेमा युवाहरुको आर्कषण बढ्ने बताए । त्यसबाट छात्रा खेलाडीले आत्मरक्षा गर्न सक्ने, खेलबाट महत्वपूर्ण उपलब्धी हासिल गरेर देशको नाम राख्न सक्ने र युवा रोजगारी बढ्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष सुरज बोसेल, खेलकुद क्षेत्रका अगुवा र खेलाडी समेत सहभागि भएका थिए । शनिबार र आइतबार चल्ने उत्सवले महिला क्रिकेटको क्षेत्रमा योगदान पुग्ने विश्वास लिइएको छ । पछिल्लो समय नेपाली खेलाडीमा क्रिकेटको लगाव र प्रभाव बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->