आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८१, मंगलबार

पोखरा/ नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव शुरु भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि शुरु भएको हो ।‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव २८ गते सम्म चल्ने छ ।

खेलकुद महोत्सवमा ४६ विद्यालयका ८ हजार ५ सय खेलाडी विद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धा गर्दैछन् । जुनियरतर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् । त्यसैगरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् । २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।

यसपटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।
जिनियर छात्र–छात्रा (१–७) तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, १००×४ मिटर दौड, लङजम्प, हाइजम्प, ह्याण्डबल, सिङ्गल व्याडमिन्टन, टेबलटेनिस रहेको छ ।

त्यसैगरी सिनियर छात्र–छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर ८०० मिटर १००×४ मिटरको दौड रहेको छ भने छात्र तर्फ १५०० मिटरको दौड पनि रहेको छ । कक्षा ११ र १२ को छात्र तर्फ फुटसल र बास्केटबल तथा छात्रा तर्फ बास्केटल प्रतियोगिता रहेको छ।
त्यस्तै हाइजम्प, लङजम्प भलिवल, डबल व्याटमिन्टन, टेबलटेनिस, बास्केटबल रहेको छ भने छात्र तर्फ इलाभेन ए साईड फुटबल र छात्रा तर्फ सेभेन ए साईड फुटल प्रतियोगिता रहेको छ। खेलकुद महोत्सवमा सदस्य विद्यालयका अभिभावक, खेलकुद प्रेमीहरू सहित १ लाख भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवको उद्घाटन गर्दै संघिय खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई खेलकुदको राजधानिको रुपमा विकास गर्नुपर्ने बताए । ‘पोखरा पर्यटकको राजधानिसँगै यहाँहुन हरेक खेलकुदका कार्यक्रममा खेलकुदको राजधानिको रुपमा पनि जोडेर लान जरुरी छ’ उनले भने, ‘पोखरालाई खेलकुदको राजधानि बनाउनका लागि मन्त्रालयबाट पनि सहयोग रहने छ ।’ पछिल्लो समय नेपालमा भएको एनपिएलले पनि खेलकुदमा भविष्य छ भन्ने देखाएको बताउँदै उनले विद्यार्थीलाई पढाई सँग खेल क्षेत्रमा पनि समावेश हुन आग्रह गरे ।

नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले विद्यार्थीलाई सवल र सक्षम बनाउनका लागि खेलकुद अपरिहार्य भएको बताउँदै यस्ता खालका कार्यक्रमबाट नै निजि विद्यालय तर्फ आकर्षण बढेको उल्लेख गरे । यसैगरी मंगलबार नै भएको मार्च पासमा कास्की मोडनाइज्ड एकेडेमी प्रथम अञ्जुली बोर्डिङ स्कुल द्धितीय, शान्तिवाटीका इंगलिस स्कुल तृतीय र मर्निङ ग्लोरी एकेडेमी स्कुल चौथा भएका छन् ।
त्यसैगरी छात्र तर्फको १५०० मि. दौडमा सिद्धार्थ लवडेल बोर्डिङ स्कुलका दुतराज गुरुङ प्रथम, अक्सफोर्ड स्कुलका ईश्वर ढकाल द्धितीय र रिलायन्स पब्लिक इंगलिसका प्रिन्स परियार तृतीय भए ।

त्यसैगरी छात्रा ८०० मि.तर्फ त्रिवेणी पब्लिकी कविता घर्ती प्रथम, हेम्जा वोर्डिङ स्कुलकी स्टर मगर द्धितीय र ज्ञानज्योति विद्याकुञ्ज माविकी ओममाया गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेलले जनाए । यसैगरी छात्र बास्केटबल तर्फ त्रिवेणी पब्लिक प्रथम, न्यू ग्यालेक्सी द्धितीय तथा युनिभर्स इंगलिस वोर्डि स्कुल र सिद्धार्थ लवडेल वोर्डिङ तृतीय भएका छन् । नेशल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा निर्देशनालय गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्य, नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष मनकाजी गुरुङ, सचिव प्रेमराज अधिकारी, शिवराज पौडेल र तोलाकान्त न्यौपानेले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->