पोखरा/
पोखरा विश्वविद्यालयको उपकुलपतिमा डा. वेदराज केसी नियुक्त भएका छन् । शिक्षामन्त्री विद्या भट्टराईको संयोजकत्वमा गठित सिफारिस समितिले पठाएका ३ जनाको नाममध्येबाट केसीलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नियुक्त गरेका हुन् ।
नेपालगन्जको महेन्द्रबहुमुखी क्याप्पसमा प्राध्यापनरत केसी नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष हुन् । यसैगरी प्रधानमन्त्री ओलीले नेपाल संस्कृत विश्वविद्यालयमा प्राडा धनेश्वर नेपाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राडा शारदा थपलियालाई उपकुलपतिमा नियुक्ति गरेका छन्।





