बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरा महानगरले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीका लागि आव्हान गरेको एमबीबीएस छात्रबृत्ति स्थगीत

पोखरा महानगरले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीका लागि आव्हान गरेको एमबीबीएस छात्रबृत्ति स्थगीत


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८१, सोमबार

 

पोखरा/ चौतर्फी बिरोधपछि पोखरा महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढाउन भन्दै आव्हान गरेको छात्रबृत्तिको सूचना स्थगीत गरेको छ । महानगरको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले छात्रबृत्तिको लागि निवेदन पेश गर्न आव्हान गरिएको सूचना नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुखको निर्देशन भन्दै अर्को सूचना नभएसम्मका लागि स्थगीत गरिएको सोमबार अर्काे सूचना जारी गरेका छन ।

यही पुस २ मा बसेको महानगरको छात्रबृत्ति व्यवस्थापन समितिको निर्णय अनुसार महानगरले पुस ४ मा जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई एमबीवीएस पढ्नका लागि १५ दिनको समय राखेर छात्रबृत्तिको आव्हान गरेको थियो । यसका लागि महानगरले छात्रबृत्ति कार्यविधिनै संसोधन गरेको थियो । जनताले तिरेको करबाट नेता तथा कर्मचारीका छोराछोरीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने निर्णयको चारैतिर बिरोध भयो । केही वडाध्यक्ष पनि यसबिरुद्ध लागे । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यतिबेला दक्षिण कोरियामा छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->