आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चार्टर विमानबाट पोखरा आइपुगे १२९ चिनियाँ खेलाडी

चार्टर विमानबाट पोखरा आइपुगे १२९ चिनियाँ खेलाडी

व्यवसायी र पत्रकारको टोली पोखराबाट सोही विमानमा काठमाडौं उडेको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८१, बिहिबार

पोखरा / चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् ।

दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए ।
सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरि पोखरा आएका थिए ।सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लनेछ ।पोखराबाट ब्यवसायी, पत्रकारसहितको १ सय २० जना काठमाडौं ओर्लने र पोखरा विमानस्थलबारे पत्रकार सम्मेलन गरि अन्तर्राष्ट्रिय उडानका निम्ता सरकारलाई दबाब दिने कार्यक्रम छ । यसैका लागि व्यवसायी र पत्रकारको टोली पोखराबाट सोही विमानमा काठमाडौं उडेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->