बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षासेवी वसन्त तिमिल्सीनाद्वारा बिद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष

शिक्षासेवी वसन्त तिमिल्सीनाद्वारा बिद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८१, बिहिबार

पोखरा/ शिक्षासेवी वसन्त तिमिल्सीनाले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा– १६ बडहरवोट निवासी तिमिल्सीनाले आफ्ना स्वर्गीय पिता तोयनाथ, भाई श्याम र दिदी ताराको स्मृतिमा २ लाख रुपैयाँको तोयनाथ, श्याम, तारा स्मृति अक्षयकोष स्थापना गरेका हुन ।

विहीवार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरनाथ भट्टराई, विन्ध्यवासिनी क्याम्पसका पूर्वप्रमुख नरहरि भट्टराइको उपस्थितीमा तिमिल्सीनाले नगद २ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै अक्षयकोषदाता तिमिल्सीनाले आफ्ना पिताजीले लामो समय शिक्षण कार्यमा विताएको स्मरण गर्दै, उहाँको योगदानलाई चीर स्थायी वनाउन कोष स्थापना गरेको बताए । पोखरा एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले आगामी दिनमा पनि अन्य विद्यालयमा पिताको स्मृतिमा अक्षयकोष स्थापना गर्ने योजना रहेको सुनाए । विद्यालयका प्रधानाध्यापक आचार्यले शैक्षिक क्षेत्रमा तिमिल्सीनाको योगदान अतुलनिय रहेको बताउँदै, कोष स्थापनाले शैक्षिक विकासमा ईटा थप्ने बताए । कार्यक्रममा अक्षयकोष दाताका रुपमा तिमिल्सीनाका धर्मपत्नी शारदा वराल तिमिल्सीना, माधव तिमिल्सीना, रामचन्द्र तिमिल्सीना, पुनम शर्मा, प्राध्यापक कृष्णचन्द्र भट्टराइ, विद्यालय व्यवस्थापन समितिका सदस्य सन्दीप थापा, विमला अधिकारी, सहायक प्रधानाध्यापक राम वहादुर वाँनिया लगायतले अक्षयकोषवाट प्रदान गरिने पुरस्कारले शिक्षक शिक्षिकाको मनोवल थप बढ्ने बताए ।

सो अक्षयकोषवाट प्राप्त व्याजले प्रत्येक वर्ष त्यस विद्यालयका उत्कृष्ट २ जना शिक्षक शिक्षिकालाई नगद पुरस्कार सहित सम्मान गरिने को छ । विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गरिसक्नु भएका तिमिल्सीनाले सामाजिक क्षेत्रमा समेते सहयोग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->