पोखरा/प्रथम पर्वतीय दौड प्रतियोगिता २०८१ को आय व्यय सार्वजनिक गरिएको छ । पोखरा क्लिक प्रालिको आयोजनामा गत असोज १२ गते पोखरामा आयोजना भएको उक्त प्रतियोगिताको प्रालिले प्रेस विज्ञप्तिमार्फत् आय व्यय सार्वजनिक गरेको हो ।
विश्व शान्ति दिवस एवं विश्व पर्यटन दिवसको सन्र्दभमा खेल पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताबाट विभिन्न संघसंस्था तथा व्यक्तिबाट २ लाख ५८ हजार ७ सय ५२ रुपैया आम्दानी भएको भएको प्रालिले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न ४ लाख ४ हजार ८ सय २० रुपैया खर्च भएको प्रालिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए ।
उक्त प्रतियोगिताबाट १ लाख ४६ हजार ६८ रुपैया नोक्सान भएको उनले जनाए । पोखरा क्लिक प्रालिले पोखरा २२ (पुम्दी भुम्दी) ले आयोजना गरेको उक्त ८ किलोमिटर पर्वतीय दौडमा नर्वेका दुई महिला धावकसहित ७९ जना धावकहरुले सहभागि भएका थिए ।





