बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सीएनएनको साहसी खेलाडी सूचीमा पर्वतारोही पूर्णिमा श्रेष्ठ

सीएनएनको साहसी खेलाडी सूचीमा पर्वतारोही पूर्णिमा श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८१, आइतबार

पोखरा/ २ सातामै ३ पटक सगरमाथाको आरोहण गरेकी पूर्णिमा श्रेष्ठ सीएनएनको ‘द एक्स्ट्रिम एथलेट्स हु पुस्ड लिमिट इन २०२४’  को साहसी खेलाडीको सूचीमा परेकी छिन् । श्रेष्ठ फोटोपत्रकारसमेत हुन् ।

श्रेष्ठले गत मे १२, १९ र २५ मा अर्थात् एकै सिजनमा ३ पटक सगरमाथा चढेर विश्वकै पहिलो महिला आरोही बनेकी थिइन । सीएनएनको साहसी खेलाडीको सूचीमा परेसँगै उनले सामाजिक सञ्जालमार्फत आफूले गौरवान्वित महसुस गरेको बताएकी छन् ‘यो वर्ष, सन् २०२४ मेरो जीवनको एक ऐतिहासिक वर्ष बन्न पुग्यो। यसैवर्ष म एउटै आरोहण सिजनमा तीनपटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने संसारकै पहिलो र एकमात्र महिला बन्न सफल भएँ’ उनले भनेकी छिन् । गोरखाकी श्रेष्ठ सातौँ अग्लो हिमाल धौलागिरी चढ्ने पहिलो नेपाली महिला पनि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->