सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

स्वास्थ्य क्षेत्र सुधार्न योजनावद्व काम : मन्त्री पाठक

स्वास्थ्य क्षेत्र सुधार्न योजनावद्व काम : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • पुष १५ २०८१, सोमबार

बागलुङ/गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालयले उच्चतम नतिजा प्राप्त गर्ने गरी काम गरिरहेको बताएका छन् ।
सरस्वती प्राथमिक विद्यालय काठेखोला गाउँपालिका ८ लेखानीको ३६ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री पाठकले आफू मन्त्री भएपछि स्वास्थ्य क्षेत्रमा फड्को मार्ने गरी काम गरिरहेको दाबी गरेका हुन् । प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि योजना बनाएर सहीअनुरुप काम गरिरहेको मन्त्री पाठकको भनाई थियो ।
फरक प्रसङ्गमा पाठकले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल प्राप्त नभएको गुनासो गरे । समय अनुकूल शैक्षिक नीति तर्जुमा गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक अभिभावक विद्यार्थी र राज्यले पनि ध्यान दिनुपर्ने मन्त्री पाठकले बताए । सामुदायिक विद्यालयको नतिजा सुधारका लागि अभिभावकको महत्वपूर्ण भूमिका हुने हुँदा विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा अभिभावकले पनि बढी ध्यान दिनुपर्ने मन्त्री पाठकले बताए ।
कार्यक्रममा वडा अध्यक्ष परमानन्द कँडेलले नागरिकका आधारभुत आवश्यकता पुरा गर्ने स्थानीय, प्रदेश र संघ सरकारबीच तालमेल आवश्यक रहेको बताए । सामुदायिक विद्यालय विपन्न विद्यार्थीले मात्र अध्ययन गर्ने थलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै कँडेलले शैक्षिक गुणस्तर उकास्न सबैले हातेमालो गर्नुपर्ने बताए ।
कार्यक्रममा समाजसेवी विश्व गौतम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गादेवी थापाले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
विद्यालयमा तीनजना शिक्षकको मात्र दरबन्दी रहेको पाँचजना शिक्षक निजी स्रोतमा र एकजना बालविकास सहजकर्ता पनि निजी स्रोतका छन् । विद्यालयमा ३२ जना विद्यार्थीहरु अध्ययनरत छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद निउरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->