
पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जनालाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । ६ जना धरौटी बुझाएर रिहाई भइसकेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको आरोप लागेका पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहित ७ जनालाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राइको इजलाशले धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो । आरोप लागेका सबैजना कुनै न कुनै रुपमा कसुरमा संलग्न भएको देखिएको आदेशमा छ ।
यस्तो छ, आदेशको पूर्णपाठः






